नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने



काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । उनले आगामी दिनमा समेत मन्त्री मरहुक्कीलगायत ओमान सरकारसँग पर्यटन प्रबद्र्धनमा सहकार्यका लागि अनुरोध गर्नुभएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे । उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालयसम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताए । उनले ओमानको पर्यटन प्रबद्र्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिकामा कार्यक्रम

  काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा

प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी । प्रवासी नेपालीले म्याग्दीको दुई विद्यालयलाई  ६ लाख पचास हजार मूल्य बराबरको सूचना

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा