आयरल्याण्डमा साझा सद्भाव समूह गठन



युरोपेली देश आयरल्याण्डमा सुनील भट्टराईको संयोजकत्वमा सात सदस्यीय ‘साझा सद्भाव समूह आयरल्याण्ड’ गठन भएको छ।
सद्भाव समूहको सह-संयोजकमा असिम गुरुङ रहेका छन् भने अन्य सदस्यहरुमा सुरेन्द्र दुरा, आशिष रायमाझी, महेन्द्र राना, बिराज शर्मा र नबीन भण्डारी रहेका छन्।
कोभिड-१९ को त्रासका बीच भएको कन्फरेन्स बैठकले सो कार्य समिति निर्माण भएको हो। स्थिति सहज भएपछि भौतिक रूपमा बैठक बसी कार्य समितिको थप बिस्तार गरिने संयोजक सुनील भट्टराईले बताए।
केहि हप्ता पहिला एसके श्रेष्ठको संयोजकत्वमा युरोप महादेशीय समितिको गठन भएपछि यूरोपेली देशहरुमा सद्भाव समुहको गठनलाइ तिब्रता दिएको युरोप महादेशीय संयोजक एसके श्रेष्ठले बताए। साझा सद्भाव समुहको यो पन्ध्रौं राष्ट्रिय समिति हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र