शनिबार दुई कोरियाबीचको शान्तिपूर्ण पुनःएकीकरण विषयक सम्मेलन हुने



अघिल्लो महिना, उत्तर कोरियाले दुई कोरियाका राज्य नेताहरूको बैठक स्थल एकीकरण परिसरलाई विस्फोट गरेर दक्षिण कोरियाप्रति प्रकट गरेको प्रतिक्रियाको कारण हामी चिन्तित भएका थियौँ ।

यसको प्रतिक्रियामा दक्षिण कोरियाका सुरक्षा सचिवले एक टेलिभिजन घोषणामार्फत उत्तर कोरियाको धम्कीलाई अब कतै नसहने बताएका छन् । यसैबीच, संसारमा हुनसक्ने अर्को सम्भावित खतरालाई देखेर स्वास थामेर बसेको छ।

यस चुनौतीपूर्ण परिस्थितिमा ग्लोबल पीस फाउन्डेशनका संस्थापक डा. ह्युन जिन प्रेस्टन मुनले यसको सभापतिको हैसियतले दक्षिण कोरिया, चीन, अमेरिका र अन्य देशका शीर्ष अधिकारीहरूलाई ‘विश्व सङ्कट माझ उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनःएकीकरणको लागि पुनः संगठन र अवसरहरू’ शीर्षकको एक सम्मेलनमा एकट्ठा गर्नु भएको छ।

प्रख्यात वक्ताहरूमा हुनुहुन्छः डा. एडविन फुलनर (वाशिंगटन डीसी अमेरिकाका प्रतिष्ठित सार्वजनिक नीति संस्था हेरिटेज फाउन्डेशनका संस्थापक तथा एशिया अध्ययन केन्द्रका अध्यक्ष), राजदूत डा. हो यङ्ग आहन (उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष तथा संयुक्त राज्य अमेरिकाका लगि गणतन्त्र कोरियाका पूर्व राजदूत) डा. हुल्याओ वाङ्ग (चीन र भूमण्डलीकरण केन्द्रका संस्थापक तथा अध्यक्ष), डा. विलियम जे. पार्कर तृतीय (अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शदाता र रूस, चीन, इरान र उत्तर कोरिया, आम विनाशकारी हतियार र समुद्री मुद्दाहरूमा केन्द्रित लेखक)।

हामी यस विश्व सम्मेलनमा एकेडेमी, मिडिया र सरकारी ओहदाका हाम्रा सबै साथीभाइ र सहयोगीहरूलाई आमन्त्रित गर्दछौं। सहभागिताका प्रमाणपत्रहरू तपाइँको अनुरोध र तपाइँको उपस्थितिको प्रमाणीकरणमा जारी गरिनेछन्।

यस कार्यक्रम यही अगस्त १५, २०२० बिहान नेपाल समय अनुसार ४ः४५ सुरु हुनेछ ।
निः शुल्क रेजिष्ट्रेसन पछि, तपाइँलाई एक व्यक्तिगत एक्सेस कोड दिइने छ ज मार्फत तपाइँ विश्वभर बाट १० हजार सामेल हुन सक्ने जुम लिंकमा सहभागी हुन सक्नुहुन्छ । कृपया तपाइँ फारममा अनुरोध गरिएको आफ्नो पद र संस्था भरेर दर्ता गर्न नबिर्सनुहोस्। आवश्यक वेबसाइट यहाँ समावेश छ।

‘विश्व सङ्कट माझ उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनःएकीकरणको लागि पुनः संगठन र अवसरहरू’ शीर्षकको सम्मेलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो