नेपालमा कोराना रोकथामका लागि युरोपमा योगिताको अभियान



काठमाडौं । गैरआवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले सुदूर पश्चिममा कोरोना रोकथाम र नियन्त्रणका युरोपमा सहयोग जुटाउन अभियान सञ्चालन गरेकी छन् ।
हाल बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको सुदूरपश्चिममा कोरोनाको रोकथाम र नियन्त्रणका लागि युरोपबाट सहयोग जुटाउन थालेकी हुन् ।
ह्युमानिटी फाउण्डेसन मार्फत केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सय थान र्यापिड किट हस्तान्तरण गरेकी थिईन ।
कञ्चनपुरमा जन्मिएकी थापा यतिबेला मध्यपूर्वमा लकडाउनमा फसेका नेपाली महिलाहरुको उद्दार तथा सुदूरपश्चिममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि युरोपमा सहयोग जुटाईरहेकी छन् ।
उनले युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ महिला बिभागका पदाधिकारीहरुसंग समेत सहयोगका लागि छलफल गरिसकेकी छन् ।
खाडी मुलुकमा मात्र नभएर युरोपका कतिपय देशमा समेत नेपाली महिलाहरु अलपत्र परेका छन्, थापाले भनिन्, उनीहरुको उद्दारका लागि हामी चिन्तित छौ । त्यसका लागि बिभिन्न देशका महिला विभागका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै सहयोगका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिसंग समेत आग्रह गरेकी छु ।
उनले आफ्नो जन्मभूमिका लागि सहयोगका लागि युरोप तथा अमेरिकामा रहेका नेपालीहरुसंग आग्रह गरेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो