राप्रपा प्रवास विभागद्वारा भारतमा रहेका नेपालीहरुलाई सहयोग



काठमाडौं । लकडाउनको कारण भारतको विभिन्न शहरहरूमा अलपत्र परेका, खाद्य संकट झेलेका नेपालीहरूलाई राप्रपा प्रवास विभागको पहलमा उद्धार तथा खाद्यान्न उपलब्ध गराउन पहल थालिएको छ । भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई खाद्यान्न, मेडिकल कीटलगायत अन्य सहयोग पुर्याउन सुरू गरिएको हो ।

यसै सिलसिलामा सिलुगडीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूलाई राप्रपा नेता राजाराम वर्ताैलाको आग्रहमा हेटौंडालगायतका मुलुकको विभिन्न जिल्लाका ५३ विद्यार्थीलाई विगत दुई हप्तादेखि लकडाउन नखुलुन्जेलसम्म खाना र मेडिकल सामान उपलब्ध गराईएको छ । यसको लागि सिलगडीका भानुभक्त सेवा समितिमार्फत राजेश मण्डल, शिवु क्षेत्री लगायतले सहयोग गरेका छन् ।

त्यस्तै महाराष्ट्रको पुणेमा अलपत्र परेका दैलेख लगायत पश्चिमका नेपालीलाई राप्रपा नेतृ पुर्वमन्त्री कुन्तीकुमारी शाही तथा पुणे निवासी नेत्रवहादुर शाहीको आग्रहमा पुणे निवासी व्यवसायीबाट करिव पचास भन्दा बढी नेपालीलाई खाद्यान्न सहयोग गरिएको छ । यी सबै कार्यको व्यवस्थापन प्रसिद्ध हेयर स्टाईलिस्ट व्यवसायी निलडेविट कटुवालको अगुवाइमा भएको राप्रपा प्रवास सम्बद्ध नेता विजय खड्काले जानकारी दिएका छन् ।

उनले भारतका अन्य सहरहरूमा खाद्य संकट झेलेका प्रवासी नेपालीहरूको सुचना आईरहेको र समस्या समाधान गर्दै जाने प्रयास भईरहेको बताए । प्रवास भारतमा रहेका लाखौं नेपाली नेपाल आउने वातावरण तयार गर्नको लागि उनले जोडदार माग गरेका छन् ।

प्रवासमा रोजगारी गुमाएर नेपाल फर्कने नागरिकलाई उचित व्यवसायिक ,आर्थिक ,शैक्षिक,स्वास्थ्य लगायतको परामर्श दिन राप्रपा प्रवास विभागले विज्ञहरूको हेल्प डेस्क राख्ने सोचाई रहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई