भूमि अतिक्रमणको विरोधमा साइप्रसका प्रवासी नेपालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं । भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध प्रवासी नेपाली एकता समाज साइप्रसले नेपाली अवैतानिक महाबाणिज्य दूतावास साइप्रसमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सम्पूर्ण प्रवासी नेपालीहरुको समेत एकता कायम रहेको र परिआएको खण्डमा जुनसुकै योगदान दिन समेत तयार रहेको भन्ने ऐक्यवद्धता जनाउन ज्ञापनपत्र बुझाएको प्रवासी नेपाली एकता समाज साइप्रसका अध्यक्ष त्रिविक्रम सिंहले जानकारी दिए ।

कोरोना भाइरसका कारण साइप्रसमा लक्डाउन छ त्यहाँको सरकारले ५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने कडा नियम जारी गरेको छ । उनले भने, ‘हामीले सबै नियमको पालना गर्दै नेपाल सरकारको साथमा हामी छौँ भन्ने सन्देश दिन खोजेका हौं । सरकारले यथासिघ्र कदम उठाउनु पर्यो, प्रधानमन्त्री स्तरमा वार्ता संवाद हुनुपर्यो, त्यसबाट पनि कुनै टुंगो नलागे संयुक्त राष्ट्र संघमा समेत जान हामीले आग्रह गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो