अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका लागि क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनको २५ लाख राहत प्याकेज घोषणा



सिड्नी । सिड्नीमा मुख्य कलेज रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनले कोभिड १९ महामारीबाट प्रभावित आफ्ना विद्यार्थीहरुका लागि २५ लाख (२.५ मिलियन) अष्ट्रेलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । क्राउन इन्स्टिच्युटले बिज्ञप्ति जारि गरि उक्त प्याकेज घोषणा गरेको हो । कोभिड १९ का कारण अफ्ठ्यारोमा परेका आफ्ना विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिन सकुन् भन्ने मुख्य उद्देश्य सहित यो प्याकेजको घोषणा गरिएको इन्स्टिच्युटका बोर्ड अफ डिरेक्टर प्रोफेसर जोन ग्रेले बताएका छन् ।

ग्रेका अनुसार संस्थाको सामाजिक उतरदायित्व स्वरुप गरिएको यो सहयोगमा आर्थिक र बिधार्थीलाई पर्ने अन्य मनोबैज्ञानिक सहयोगहरु पनि रहेका छन् । न्यु साउथ अष्ट्रेलियाका लागि महाबाणिज्यदुत समेत रहेका इन्स्टिच्युटका मुख्य लगानीकर्ता दीपक खड्काले यो अप्ठ्यारो स्थितिमा इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरु र तिनका परिवारले आर्थिक र मानासिक समस्याका कारण अध्ययनलाई निरन्तरता दिन नसक्ने र अन्य चिन्ताले स्वास्थमा आउन सक्ने समस्यालाई केहि भए पनि सहयोग गर्न यो प्याकेजको घोषणा गरिएको बताए ।

क्राउन इन्स्टिच्युटले समस्यामा परेका विद्यार्थीहरुले आफ्नो समस्या सहित नाम दर्ता गरे पश्चात ५०० डलर सम्मको नगद सहयोग गर्नेछ । यस बाहेक इन्स्टिच्युटले तत्कालै लागु हुने गरि शैक्षिक शुल्कमा १७ प्रतिशत शुल्क घटाई सकेको छ भने विद्यार्थीहरुले एक सेमेस्टरमा ४ बिषयको सट्टा अब ३ बिषय मात्र अध्ययन गर्न सक्नेछन् । यसबाट विद्यार्थीलाई २५ प्रतिशतसम्म आर्थिक भार कम पर्ने छ ।

यसरी नै विद्यार्थीले शुल्क तिर्दा समेत अब आफूलाई सजिलो हुने किसिमबाट हाप्ता र १४ दिन या महिनामा किस्ताका हिसाबले तिर्न सक्नेछन् । यसरी तिर्दा विद्यार्थीलाई किस्ता फि वा लेट फि पनि लाग्ने छैन । शैक्षिक रुपमा अब्बल विद्यार्थीहरुलाई इन्स्टिच्युटले अन्य डिस्काउन्ट बाहेक नै १५ प्रतिशत सम्मको स्कलरसिपको समेत अवसर प्रदान गर्नेछ ।

इन्स्टिच्युटका सिइओ नारायण तिवारीका अनुसार विद्यर्थीहरुलाई पर्ने सक्ने आर्थिक, मनोबैज्ञानिक र स्वास्थ्य समस्या बाहेक विद्यार्थी र तिनका परिवारलाई यो अफ्ठ्यारो स्थितिमा रोजगार नगुमाउन, नयाँ रोजगारको अबसरका लागि क्रियाशील गराउन ‘करियर कोच’ को समेत व्यवस्था गरएको छ । यसैगरि सानो लगानीबाट आफं उद्यमी हुन चाहनेहरुलाई लक्षित गर्दै इन्स्टिच्युटले ब्यापार लगानी कोष पनि खडा गरेको छ । जसबाट त्यस्ता इच्छुकहरुलाई इन्स्टिच्युटले सुरुको लागि लगानी गर्ने रकम उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ

क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ