एनआरएनए कोभिड -१९ कोषमा केशव अधिकारीको सात लाख रुपैयाँ सहयोग
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउपलिका हाल जापानको टोकियोमा रहेका सफल व्यवसायी केशव अधिकारीले एनआरएनए कोभिड १९ कोषमा सात लाख रुपैयाँ सहयोग गरेका छन् । उनले समय समयमा नेपालमा आइपर्ने दैवी प्रकोप, विपत्तिको घटनामा सहयोग पुर्याउँदै आएका छन् ।
कोभिड १९ कोषमा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, उपेन्द्र महतोलगायतले पाँच पाँच लाख रुपैयाँ सहयोग गरिसकेका छन् । मातृभुमि लगायत संसारभर परेको विपत्तिमा एनआरएनएले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।