एक सय नेपाली मजदूरलाई अष्ट्रेलियाबाट घोथानेको एक/एक हजार रुपैयाँ सहयोग



कोरोना भाइरसका कारण नेपालमा गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन एक महिना पुग्नैलागेको छ । देश पुरै ठप्प छ, रोजगारी गुमाएर अलपत्र परेका ज्यालादारी काम गर्ने मजदुर र श्रमिक वर्गको उचित गाँसबासको व्यवस्था हुन सकिरहेको छैन ।

अलपत्र परेका मजदूर र श्रमिक वर्गको लागि सरकारले राहतको ब्यबस्था गरेको भयपनी बिभिन्न प्राबिधिक समस्या , दलिय गुटबन्दी र स्वार्थका कारण बास्तबिक पीडितहरुले राहत प्राप्त गर्न सकिरहेका छैनन् । नागरिकताविहीन श्रमिक हरुले पनी राहत पाउन सकिरहेका छैनन् । तीन तहको सरकार र मजदूरका नाममा राजनीति गर्ने संघ/संगठनहरु मजदुरका विषयमा गम्भीर नदेखियका कारण उनीहरुको खाने र बस्ने ब्यबस्था नहुककंदा कष्टकर जीवन बिताउन बाध्य छन् ।

रोजगारी र खानपानको समस्या भएपछि साहारा दिने कोही नहुककंदा अलपत्र भयका मजदुरहरु सैयौककं किलोमिटर पैदल हिंडेर आफ्नो गाउँ फर्किन बाध्य छन् भने कैयौं मजदुरहरु बीच बाटोमै अलपत्र छन् । श्रमिक बर्गको यस्तो दयनीय स्थितिमा एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं कानुन व्यवसायी टोनु घोथानेले १ सय जना नेपाली मजदूरलाई १ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।

नेपालमा कोरोना नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावितहरुका लागि विभिन्न व्यक्ति, संघसंस्था, राजनीतिक दल लगायत देश विदेशबाट सहयोग रकम संकलन भइरहेको भयपनि यो विषम् परिस्थितिमा टोनु घोथानेको सहयोगले केही दिनको लागि भयपनि मजदूर बिशेषको चुलो बलेको छ ।

नेपाल स्थित आफ्नी साथी साक्षी राज्यलक्ष्मी राणासँग कुरा गर्दा मजदूरहरुको दयनीय स्थितिको बारेमा आफूले जानकारी पाएको र अहिलेको समयमा ज्यालादारी मजदूरहरु सबैभन्दा पीडित भएको महसुस गरी उनीहरुको आत्मबल र हौसला बढाउनका लागी सानै भयपनि आर्थिक सहयोग गरेको घोथानेले बताएका छन् ।

उनी भन्छन् , “नेपालमा साथीहरुसँग कुरा भयपपछि मलाई पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको एउटा प्रसङ्ग याद आयो । एकीकरणको समयमा युद्धको लागि हातहतियार नभएपछि पृथ्वी नारायण शाह बिसे नगर्चीकोमा सल्लाह लिनका लागि जान्छन् । बिसे नगर्चीले एक रुपैयाँ पैसा झिकेर उनको हातमा राखिदिन्छिन् । पृथ्वी नारायण शाहले अचम्म मान्छन् , तब बिसे नगर्चिले सम्झाउँदै भन्छन् महाराज यो पैसा केही पनि होइन, तर गोरखा राज्यका हरेक व्यक्तिले एक एक रुपैयाँ दिएभने हातहतियार किन्न सक्ने रकम जम्मा हुन्छ ।

अहिले मैले गरेको सहयोग उनीहरुको समस्याको अगाडी सानो होला तर एक जनाको सहयोग थोरै जस्तो देखिएपनि एक एक गर्दै सबैले सहयोग गर्दा धेरै हुन्छ र पीडितहरुलाई ठूलै राहत मिल्नेछ “। अरुले पनि आफूलेजस्तै श्रमिक बर्गलाई सहयोग गरिदिनको लागी पनि घोथानेले आब्हान गरेका छन् ।

अष्ट्रेलियास्थित टोनु घोथानेद्वारा मजदुरहरुका लागि सहयोग गरिएको रकम हिमालयन कंगारुमार्फत आफूले पायको सहयोग प्राप्त गर्नेहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय