ओमानका नेपाली कोरोना संक्रमणबाट सुरक्षित



काठमाडौं । कोरोना भाइरसबाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतावासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ ।

कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् । यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ ।

ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ । बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ ।

दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो । अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं ।  सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने

एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले

राजदूत ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौँ । कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति