राप्रपाको प्रवास विभागले पृथ्वी जयन्ती भव्यरुपमा मनाउने



काठमाडौैं । राप्रपाको प्रवास क्षेत्रमा पनि प्रवचन,चियापान,खेलकुद लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउन लागिएको प्रवास विभाग प्रमुख एवं केन्द्रीय सदस्य विजय खडकाले जानकारी दिए ।

उनले प्रवासका कार्यक्रमहरूमा राजदूत, महावाणिज्यदूत, एनआरएनएका पदाधिकारीहरू,उच्च सामाजिक व्यक्तित्वका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिने वताए।

अमेरिकामा प्रवासी नेपाली एकता समाजले भव्यरूपमा न्यूयोर्कमा पृथ्वी जयन्ती मनाउने अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिए । उक्त कार्यक्रमको संयोजन न्यूयोर्क समिति र महासचिव नवराज खड्काले गर्नेछन् । त्यस्तै विभिन्न संघ संस्थासंगको सहकार्यमा अष्ट्रेलिया, क्यानाडा, वेलायत, स्कटल्याण्डमा पनि पृथ्वी जयन्ती भव्यरूपमा मनाईने छ।

आयरल्याण्डमा मैत्रीपूर्ण खेलकुद आयोजना गर्न लागिएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष कृष्ण जिसीले जानकारी दिए । त्यस्तै वेल्जियमा समाजका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन लागिएको अध्यक्ष दीपेन्द्र केसीले जानकारी दिए । उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष महेन्द्र पन्तलगायत कार्यसमितिले गर्नेछ ।

त्यस्तै जर्मनको ह्यम्वर्गमा अध्यक्ष विजय शाहीको नेतृत्वमा भव्यताका साथ पृथ्वी जयन्ती मनाउन लागिएको प्रवक्ता अर्जुन ओलीले जानकारी दिए । युरोपको नेदरल्यान्ड लगायत अन्य सहरहरूमा समेत कार्यक्रमको आयोजना गरिने छ ।

राप्रपाको उल्लेख्य उपस्थिति रहेको युएईको दुवईमा एक भव्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष शशि सिलवालले जानकारी दिए । वरिष्ठ सल्लाहकार विश्वदेव शाह लगायतका कार्य समितिले कार्यक्रमको संयोजन गर्नेछन् । युएई लगायत कुवेत,ओमान,कतार,साउदी अरेवियामा समेत कार्यक्रम गरिने राप्रपा प्रवास मध्यपुर्व संयोजक तोयानाथ लम्सालले जानकारी दिए ।

त्यस्तै विगत वर्षहरूमा समेत भव्य कार्यक्रमको आयोजना गरिएको हङकङमा यो वर्ष पनि उत्साहका साथ पृथ्वी जयन्ती मनाईने हङकङका अध्यक्ष ईश्वर विक्रम शाहले जानकारी दिए । मलेशियामा अध्यक्ष योगेन्द्र कुवर,जापानमा सह संरक्षक रघुदिप खडका,कोरियामा अध्यक्ष रविन हुँमागाईको नेतृत्वमा पृथ्वी जयन्ती मनाईने छ।

त्यस्तै भर्खरै संगठन विस्तार गरिएको दिल्लीमा प्रवासी नेपाली एकता समाजले भव्यताका साथ कार्यक्रम गर्ने प्रवक्ता सिवी क्षेत्रीले जानकारी दिए । त्यस्तै भारतको मुम्बई लगायत नेपाली वाहुल्य क्षेत्रमा समेत पृथ्वी जयन्ती मनाउन लागिएको मुम्बई राप्रपाका प्रवासी नेता मोतिलाल न्यौपानेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा प्रवासी नेपाली एकता समाज जापानको कार्यसमिति बिस्तार

काठमाडौं । राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज (पानस) जापानले राष्ट्रिय प्रजातन्त्र पार्टीका

एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी

  ललितपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा

नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न एनआरएनका अध्यक्ष आचार्यको अपील

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको

जापान–नेपाल विकास मञ्च स्थापना

  काठमाडौँ । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको