राप्रपा प्रवास विभागले २९८ औं पृथ्वी जयन्ती विश्वभर भव्यरुपमा मनाउने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रवास विभागले २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस संसारभरका प्रवासी नेपाली संगठनले भव्य रूपले मनाउने भएको छ ।

संसारभरका २५ देशमा रहेको राप्रपा प्रवास विभागको भातृ संगठन प्रवासी नेपाली एकता समाज तथा संसारभर रहेका हिन्दूवादी राजसंस्थावादी नेपालीले भव्यरूपमा एकता दिवस मनाउने राप्रपा प्रवास विभागको बुधबार केन्द्रीय कार्यालय धुम्वाराईमा वसेको वैठकले निर्णय गरेको छहो ।

विभागको वैठकलाई सम्वोधन गर्दै प्रवास विभाग प्रमुख विजय खड्काले कालापानी ,लिपुलेक,लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरि भारतीय सेना कालापानीबाट तुरुन्त हट्नुपर्ने वताए ।

राप्रपालाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्नका लागि महाधिवेशनको म्याण्डेट अनुसार पार्टी एकता गरि सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी शक्तिलाई एकतावद्ध वनाउनु पर्नेमा जोड दिए ।

वेल्जियममा सम्पन्न ईन्टरनेशनल योङ्ग डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित प्रवास विभागका सदस्य तथा युवा संगठनका सचिव हिक्मतजंग कार्कीलाई सम्मान गरिएको थियो ।

वैठकले प्रवासी नेपाली एकता समाजको अधिवेशन सम्पन्न गर्न वाँकी स्थानहरूमा यथासिघ्र अधिवेश गर्ने निर्णय गरिएको छ । साथै हालै अमेरिकामा सम्पन्न प्रवासी नेपाली एकता समाजको अध्यक्षमा निर्वाचित राजेन्द्र शेरचनलाई हार्दिक वधाई ज्ञापन गरेको छ ।

वैठकमा पूर्वराजदुत भरत रायमाझी ,युवा संघ उपाध्यक्ष कैलास कटुवाल,विद्यार्थी संगठनका उपाध्यक्ष निराजन वम, प्रवास कतारका पूर्वअध्यक्ष रवीचन्द्र पौडेल तथा विभागका सदस्यहरू रोजश रिजाल, श्रृया केसी ,विमोचन पराजुली, दीपक नेपाल लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद संचालनका लागि गृहमन्त्रीको राजीनामा विपक्षीको सर्त

काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद

आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षणमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान,

भिजिट भिसा प्रकरणः प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्री छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश

बिहीबारदेखि एकीकृत समाजवादीको कार्यकर्ता भेला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको