ओमन घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय तामाङ परिषद्को क्षेत्रीय सम्मेलन सम्पन्न



ओमन । तामाङ सभ्यताको उद्गम भूमिनेपालको ताम्सालिङबाट ऐतिहासिक उत्पीडन, विभेद तथा शोषणको कारण रोजगारीको सिलसिलामा खाडी तथा मध्यपूर्वी क्षेत्रको विभिन्नमुलुकमा कार्यरत तामाङ दाजुभाइ तथादिदी बहिनीहरुको समस्यामा हातेमालो गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्दै ओमनको मस्कटमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । क्षेत्रीय सम्मेलनबाट निम्न बुँदाको ओमन घोषणा पत्र जारी गरिएको छ ।

१. तामाङ समुदायको ऐतिहासिक आदिम भूमि नेपालको ताम्सालिङ क्षेत्रमा तामाङ पहिचान, ऐतिहासिक गौरव र एकताको प्रतिकको रुपमा तामाङ साँस्कृतिक भवन निर्माणका लागि साँस्कृतिक भवन निर्माण अभियान बर्ष–२०२०–२०२२ घोषणा गर्न परिषद्को केन्द्रीय सचिवालयलाई आग्रह गर्दछौ । यो काम सुरु गर्नको लागि यस क्षेत्रबाट १२ लाख रकम तत्काल उपलब्ध गराउने प्रारम्भिक प्रतिवद्धता ब्यक्त गर्दछौ ।

२. खाडी तथा मध्यपूर्वी क्षेत्रका विभिन्न मुलुकहरुमा रोजगारीको सिलसिलामा रहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीमाथि आइपरेका विभिन्न प्रकारका समस्यामा सहयोग पुर्याउन क्षेत्रीय स्तरमा एक तामाङ उद्दार तथा विपद् ब्यवस्थापन कोष निर्माण गर्नेछौ । साथै प्रारम्भमा रु. ३,००,०००/ लाख रुपैयाँको कोष निर्माण गरियो ।

३. तामाङ सभ्यताको आदिम् भूमि नेपालको तामसालिङ क्षेत्रलाई संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपालमा आत्मनिर्णयको अधिकारसहितको ताम्सालिङ प्रदेश निर्माण गर्न नेपाल तामाङ घेदुङ, ताम्सालिङ संघर्ष समिति सहितविभिन्न संघ÷संस्थाहरुको पहलमा भएको आन्दोलनलाई दीर्घकालीन रुपमा विकास गर्ने मिरिक सम्मेलनको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै उक्त आन्दोलनमा सबैखाले साथ, सहयोग, समर्थन उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गर्दछौ ।

४. खाडी तथा मध्यपूर्वी क्षेत्रको सबै तामाङ संस्थाहरुले तामाङभाषा, संस्कृतिको संरक्षण÷सम्वद्र्धन गर्न चोहोको नेतृत्वमा ताम्बा, लामा र बोन्बो सम्मिलित एक देश – एक साँस्कृतिक संयन्त्र निर्माण गरी परिषद्ले पारित गरेको तामाङ साँस्कृतिक निर्देशिका अनुरुप प्रत्येक बर्ष एक देश – एक तामाङ साँस्कृतिक पुनर्जागरण कार्यक्रम र तामाङ भाषा तथा तामयीगलिपि विकासको कार्यक्रम सञ्चालन गर्नेछौ । आगामी २०२२ सम्ममा कम्तिमा सबै संस्थाका कार्य समिति सदस्यहरुलाई अनिवार्य रुपमा तामयीगलिपि पढ्न, लेख्न सक्ने बनाउनेछौ ।

५. तामाङ समुदायको शैक्षिक अवस्थामा सुधार ल्याउन सबै राष्ट्रिय सदस्य संस्थाहरुले शैक्षिक सहयोग कोषको स्थापना गरी खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले छुट्टै कार्यविधि बनाई अन्तर्राष्ट्रिय तामाङ परिषद्सँगको सहकार्यमा ब्यवस्थित रुपमा सञ्चालन गर्नेछौ ।

६. अन्तर्राष्ट्रिय तामाङ परिषद्को यस क्षेत्रको तामाङ संघ–संस्थाहरुबीच संस्थागत रुपमाआपसी समन्वय, सहकार्यलाई आगामी दिनमा मजबुत बनाई सामूहिक ढंगबाट अघि बढ्न परिषद्को विधान–२००२ (दोस्रो संशोधन–२०१८)बमोजिम सम्मेलनले युएई, ओमन, इराक, कतार, कुवेत, बहराईन, साउदी अरबका राष्ट्रिय सदस्य संस्थाहरुको प्रतिनिधित्व रहने गरी ८ सदस्यीय खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समिति गठन गरेको घोषणा गर्दछौ ।

अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषद्को खाडी तथा मध्यपूर्वी प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न गर्न ब्यवस्थापन तथा आतिथ्यता जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्बाह गर्नुहुने नेपाल तामाङ समाज ओमन परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । थुजेछे ।।

घोषणापत्र जारी गर्ने संस्थाहरु :
१.तामाङ समाजयुएई
२. प्रवासीतामाङ समाजकतार
३. नेपालतामाङ घेदुङ बहराईन
४. नेपालतामाङ घेदुङ कुवेत
५. नेपालतामाङ घेदुङ साउदी अरब
६. तामाङ समाजओमन
७. नेपालतामाङ घेदुङ कुर्दिस्तान, इराक ।

२९नोभेम्वर, २०१९
मस्कट, ओमन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरएनएको हितका निम्ति सक्दो प्रयास गर्छुः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन,

गैरआवासीय नेपालीको नागरिकता नभएकैले नेपालमा लगानीको वातावरण बन्न नसकेको जिकिर

काठमाडौँ । संविधानसभाबाट जारी भएको संविधानमा उल्लेख भएअनुसार गैर आवासी नेपालीलाई आर्थिक, सामाजिक

एनआरएनएमा संकीर्ण राजनीतिक सोच हुनु हुँदैनः बाबुराम भट्टराई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिइएको

गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रहः राजनीति नगरिदिनुस्

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न