मलेशियामा एक नेपालीको मृत्यु
दाङ । रोजगारीका लागि मलेशिया गएका दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ४२ वर्षीय मोहन केसीको असोज २९ गते मृत्यु भएको छ ।
दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले जानकारी दिए ।
केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका थिए ।