गैरआवासीय नेपाली संघको सम्मेलन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मुल नारासहित आयोजना हुन लागेको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको संघले बताएको छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । एनआरएनको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदका लागि ४२ जना निर्वाचित हुनेछन् ।

संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित हुनेछन् ।

आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायती महारानीले राखिन् नेपालमा कोभिडको अवस्था र खोपबारे चासो

लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रिय आविष्कार केन्द्रलाई प्रवासीको १० अक्सिजन सिलिण्डर सहयोग

सउल । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई

एनआरएनएले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको