गैरआवासीय नेपाली संघको सम्मेलन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मुल नारासहित आयोजना हुन लागेको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई संघको सञ्जालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान बढाउन संस्थागत संरचनाले सहयोग गरेको संघले बताएको छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । एनआरएनको नयाँ नेतृत्वका लागि विभिन्न १४ पदका लागि ४२ जना निर्वाचित हुनेछन् ।

संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित हुनेछन् ।

आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित