२५ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकामा नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न



काठमााडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा संयुक्त राज्य अमेरिकामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ ।

अमेरिकाको एटलान्टामा चलेको तीन दिने सम्मेलनबाट जारी भएको घोणापत्रमा नेपालभित्र तथा बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारका लागि काम गर्ने व्यक्ति तथा संघसंस्थाका बीच सहकार्य, आपसी सहयोग र समझदारी बढाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि सबैलाई आह्वान गरेको छ ।

एनआरएनए आइसिसीको ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीले आयोजना गरेको सम्मेलनले विश्वभरि रहेका नेपालीको स्वास्थ्यसमस्याबारे मिलेर काम गर्नुपर्नेमा जोड दिएको सम्मेलन आयोजक समितिका अध्यक्ष तथा हाइजिन कमिटीका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

उनका अनुसार २५ बुँदे घोषणापत्रमा विश्वभर रहेका नेपालीमा आधारभूत स्वास्थ्यसेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सम्मान गर्ने, विश्वव्यापी रूपमा बढिरहेको मानसिक समस्या र त्यसले बढाएको आत्महत्यालगायत घटना लगायतका विषय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रहः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनु

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ

पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल

काठमाडौँ । नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्ट ‘उत्कृष्ट अवार्ड’ को

हाम्रा सन्तानले नेपाललाई ‘विदेश’ नठानून् : उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको

अमेरिकामा चार नेपाली मृत फेला

भर्जिनिया । अमेरिकाको भर्जिनियामा चार नेपाली मृत फेला परेका छन् । मनासस पार्कमा