२५ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकामा नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न



काठमााडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा संयुक्त राज्य अमेरिकामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ ।

अमेरिकाको एटलान्टामा चलेको तीन दिने सम्मेलनबाट जारी भएको घोणापत्रमा नेपालभित्र तथा बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारका लागि काम गर्ने व्यक्ति तथा संघसंस्थाका बीच सहकार्य, आपसी सहयोग र समझदारी बढाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि सबैलाई आह्वान गरेको छ ।

एनआरएनए आइसिसीको ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीले आयोजना गरेको सम्मेलनले विश्वभरि रहेका नेपालीको स्वास्थ्यसमस्याबारे मिलेर काम गर्नुपर्नेमा जोड दिएको सम्मेलन आयोजक समितिका अध्यक्ष तथा हाइजिन कमिटीका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

उनका अनुसार २५ बुँदे घोषणापत्रमा विश्वभर रहेका नेपालीमा आधारभूत स्वास्थ्यसेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सम्मान गर्ने, विश्वव्यापी रूपमा बढिरहेको मानसिक समस्या र त्यसले बढाएको आत्महत्यालगायत घटना लगायतका विषय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित