राष्ट्रियता खतरामा पारेर मुलुकको आन्तरिक मामिलामा राप्रपाले विदेशी सहयोग नखोज्ने



नयाँदिल्ली । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न भारतको सद्भाव आवश्यक रहेको वताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभाग भारत अन्तर्गत भारतको नयाँदिल्लीमा आइतबार आयोजित भेलामा सभापतिको आसनवाट सम्वोधन गर्दै खड्काले मुलुकमा राष्ट्र, राष्ट्रिय पहिचान, हिन्दू राष्ट्र, राजसंस्था, संघीयता जस्तो मुद्दामा नेपाली जनता सकारात्मक हुँदै गएको बताए । उनले यो विषय नेपाली जनताले संविधानको परिधिभित्रवाटै परिवर्तन गर्ने वताए ।

अहिले संविधानले दिएको अधिकार प्रयोग गर्दै सडक र सदनवाट नै परिवर्तन सम्भव रहेको भन्दै उनले काग्रेस र कम्युनिस्टले जस्तो राष्ट्रियता खतरामा पारेर मुलुकको आन्तरिक मामिलामा राप्रपा विदेशी सहयोग नखोज्ने पार्टी भएको वताए ।

समान विचारधारा भएको विजेपी र तमाम हिन्दूवादी भारतीय जनताको सद्भाव नै परिवर्तनको लागि काफी हुने उनले वताए । विश्वका २५ भन्दा वढी मुलुकमा संगठन रहेको प्रवासी नैपाली एकता समाजले भारतको विभिन्न शहरहरूमा संगठन विस्तार गरेर अधिवेशन गर्ने वताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकले गुमाएको गौरवशाली इतिहासलाई फर्काउने अभियानमा जुट्न प्रवासमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।

नेपालको राजनीतिमा स्पष्ट बिचार र अलग पहिचानका साथ कृयाशील राप्रपालाई स्थापित गर्न उच्च मनोबलका साथ पार्टी अगाडि बढिरहेको चर्चा गर्दै बर्तौलाले मुलुकमा भैइरहेको बेथिति, बिसंगति, बेरोजगारी र भ्रस्टाचारको बिषयमा सबैको खबरदारी हुनु पर्नेमा जोड दिए ।

गरिबी र अशिक्षाको फाईदा उठाउँदै गाउँको गाउँ धर्म परिवर्तन गरिएकोमा तिब्र असन्तुष्टी व्यक्त गर्दै उनले सरकार धार्मिक द्वन्द्व गराउने तर्फ उन्मुख भएको र राज्य सर्वसत्तावादको बाटो तर्फ गएकोमा रोष प्रकट गरे ।

कार्यक्रममा हिन्दू एकता मञ्च नेपालका संयोजक गणेश रिमाल, हिन्दूवादी नेताहरु महेन्द्र केसी, केबी थापा, राप्रपा बैतडी अध्यक्ष प्रेम बहादुर चन्द , आचार्य सुजन पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले अध्यक्ष हिक्मत चन्दको अध्यक्षतामा १५ सदस्यीय प्रवासी नेपाली एकता समाज दिल्ली गठन गरेको छ । उपाध्यक्षद्वयमा प्रहर्श मल्ल, उमा चन्द ठाकुर, सचिव गोकर्ण ओली, प्रजक्ता सिबी क्षेत्री , कोषाध्यक्ष शुभ दाहाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरू जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे

मोरङ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो संघर्षबाट

सङ्घीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छः नेता सिटौला

सुनसरी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन

फेरि इतिहास फर्काउन चाहने शक्ति टाउको उठाउन थाले, सजग हुनुपर्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने