काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सबैभन्दा बढी ९५५ मत प्राप्त गरेका छन् ।
२ हजार ८९ मत गणना गर्दा खतिवडाले ९५५ मत प्राप्त गरेका हुन् । त्यस्तै, अजयबाबु शिवाकोटीले ६९२, डिल्लीराम सुवेदीले ५१९, देवेन्द्रराज कडेलले ४१८ र विकास कोइरालाले ३४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, रमेशप्रसाद धमलाले २४७, अमृतकुमार अर्यालले २०९, राजीव ढुंगानाले २०३ र विमलराज क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया