काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीले त्यसको प्रमाण पेस गर्नुपर्ने, नभए सदनमा माफी माग्नुपर्ने माग विपक्षीको छ ।

प्रतिक्रिया