काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षमा नेताहरु छलफलमा जुटेका छन् । धुम्बाराहीस्थित होटल स्मार्टमा छलफल सुरु भएको हो ।
बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य, जिल्ला सभापति र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापति सहभागी छन् । गगन थापा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतबाट वैधता पाएपछि खड्का पक्ष आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको हो ।

प्रतिक्रिया