काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वसहायक महामन्त्री धर्म गुरुङले पार्टीमा नयाँ रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई एक हप्ताभित्र महाधिवेशन घोषणा नगरे परिणाम गम्भीर हुने चेतावनी दिइरहेका बेला गुरुङले युवा पुस्तालाई पार्टी नेतृत्व दिनुपर्ने बताएका हुन् ।
उनले पार्टीमा अझ नयाँ रुपान्तरणको जरुरी देखाउँदै लिङ्देन, राणा भन्दा पनि नयाँ वैचारिक युवा उम्मेदवार आजको आवश्यकता भएको बताए । उनले वर्तमान महामन्त्री राजेन्द्र गुरुङलाई वैचारिक नेताको रुपमा ठहर गर्दै आउँदो अधिवेशनमार्फत उनलाई अध्यक्ष वनाउन प्रस्ताव गरेका छन् ।
सधै मान,मर्याद र पदको लागि टुटफुट हुँदै आएको राप्रपा भित्र फेरि अधिवेशन नजिकिँदै जादा नयाँ विषयमा बहस उठेको छ । जानकारहरुका अनुसार राप्रपा अधिवेशन अगावै दुई चिरा हुनसक्ने हल्ला समेत छ।

प्रतिक्रिया