काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन् ।
कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आयोजित कार्यक्रममा खड्काले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गरे ।
पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्नसक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उनले बताए ।
खड्काले भने, ‘यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरु धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया