काठामाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधभा नेकपा एमालेका कार्यकर्ता सडक प्रदर्शनमा उत्रिएका छन् ।
पार्टी अध्यक्ष पक्राउको विरोधमा उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ‘ओलीलाई तुरुन्त रिहाई गर’, ‘बालेन सरकार मुर्दावाद’ लगायत नाराहरु लगाएका छन् । प्रहरीले शनिबार बिहानै गिरफ्तार गरेको थियो ।
त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया