काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे बैठक बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपा संसदीय दलको नेता चयनका लागि बैठक बस्न लागेको हो ।
रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले टुंग्याउन लागेको हो । रास्वपाले विधान संशोधन गरेपछि संसदीय दलको बैठकबाट वरिष्ठ नेता बालेन साहलाई दलको नेता चयन गर्नेछ ।
बालेन दलको नेता चयन भएपछि रास्वपाले राष्ट्रपति कार्यालयलाई जानकारी गराउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले चुनाव अघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारकोरुपमा अघि सारेको छ ।

प्रतिक्रिया