कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्नेछन् ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने बताइएको छ ।