काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५४ लाख मत गणना गर्दा २६ लाख ७३ हजार ७३० मत पाएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रहेको छ ।
कांग्रेसले ९ लाख २ हजार ५२३ मत पाएको छ । नेकपा एमालेले ७ लाख ७७ हजार ५७९ मत पाएको छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ लाख ७३ हजार १४५ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ९२ हजार ६७१ मत पाएको छ । श्रम संस्कृति पार्टीले १ लाख ३९ हजार ७४४ मत पाएको छ ।


प्रतिक्रिया