सर्लाही-४ को प्रारम्भिक मतपरिणामः अमरेश अघि, गगन पछिपछि


काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । रास्वपाका उम्मेदवार अमरेश सिंहको घर रहेको बलरा नगरपालिकाको मतगणना सुरु गरिएको हो ।

प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका सिंहले ९७६, कांग्रेस सभापति गगन थापाले ७४४, जनमत ५११ र नेकपा एमालेका उम्मेदवारले १९५ मत प्राप्त गरेका छन् ।