भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतगणनाको सुरुवातमा नेकपा एमालेका महेश बस्नेतले २४२ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले २१८ मत पाएका छन् । त्यसैगरी नेपाली कांग्रेसका कवीर रानाले ३२ र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का रामप्रसाद सापकोटाले १ मत पाएका छन् ।
भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३० बजेदेखि मतगणना सुरु भएको छ । भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७८ हजार २७२ मत अर्थात् ७३.११ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।

प्रतिक्रिया