शान्तिपूर्ण रूपमा मतदान जारी, ४० प्रतिशत खस्यो मत


काठमाडौँ । दिउँसो तीन बजेसम्म देशभर करिब  ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ ।

दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । ३ बजेसम्म देशभर ७६ लाख मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको छ ।

देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन् ।