बर्दिबास-६ कृष्णपुरमा एमालेका ३१ जना नेकपा प्रवेश


बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ६ कृष्णपुरमा एमाले परित्याग गरि ३१ जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । वेदबहादुर लुम्रेको नेतृत्वमा आज एमाले परित्याग गरी ३१ जना नेकपा प्रवेश गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी, महोत्तरी क्षेत्र नम्बर १ का उमेदवार गिरिराजमणि पोखरेलले उनीहरूलाई पार्टी प्रवेश गराए ।

महोत्तरी क्षेत्र नम्बर १ मा विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्ति गिरिराजमणि पोखरेल नै भएकाले आफूहरू नेकपा प्रवेश गरेको लुम्रेको भनाइ छ । उनले भने, ’यस क्षेत्रको विकासका लागि काम गर्न सक्ने व्यक्ति भनेकै गिरिराजमणि पोखरेल हुनुहुन्छ, हामीले अहिले रोज्ने भनेको यस क्षेत्रको विकास नै हो ।’

प्रचारप्रसारको समय अन्तिम हुँदै गर्दा नेकपाका नेताहरूले यस क्षेत्रमा आफूहरूको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
’हामी दीर्घकालिन विकास र नागरिकको जीवनस्तर सुधारको मुख्य एजेन्डा लिएर अगाडि बढेका छौं, नेकपाका एक नेताले भने, ’यसअघि हाम्रो पार्टीका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा भएको कामका आधारमा पनि नागरिकले हामीलाई विश्वास गर्नुहुनेछ ।’

’यसपटकको जितले विकासका बाँकी काम पूरा गर्न र थप नयाँ योजना अगाडि बढाउन सहयोग पुग्नेछ’ – उनले थपे ।
महोत्तरी १ को विकासका लागि यसअघि पनि आफू निरन्तर लागेको बताउँदै नेकपाका उमेदवार पोखरेलले अब बाँकी काम पूरा गर्न यसपटक अझै सक्रिय रहने बताए । उनले महोत्तरी क्षेत्र नम्बर १ का सबै मतदातालाई यस क्षेत्रको विकास र देशको अहिलेको परिस्थिति आँकलन गरेर आफूलाई मत दिनको लागि आग्रह समेत गरे ।