कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ : शेखर कोइराला


बेलबारी (मोरङ)। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले कांग्रेसले जितेमात्रै धर्म, संस्कृति जोगिने बताएको छ।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताउँदै धर्म, संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए। धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाइ थियो।

नेपाली कांग्रेस बुढीगङ्गा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्व रहेको बताए।