काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रसाईँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रसाईं सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको प्रहरीले जनाएको छ ।
प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चितकालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईँ यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

प्रतिक्रिया