दुर्गा प्रसाईँ फेरि पक्राउ


काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार प्रसाईं फेरि पक्राउ परेका हुन् । उनी वीरगञ्जमा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने क्रममा पक्राउ परेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए । तर त्यसको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए ।