काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं चिवतन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने र सोही क्षेत्रकी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच घरदैलो अभियानका क्रममा जम्काभेट भएको छ ।
शुक्रबार चुनावी प्रचारका क्रममा दुवै जनाबीच भरतपुर बजारमा जम्काभेट भएको हो । भेटमा दुबैले एकअर्कालाई शुभकामना दिएका थिए ।
त्यसक्रममा लामिछानेले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । उनले भने, ‘हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ । त्यसमा ढुक्क भए हुन्छ ।’

प्रतिक्रिया