काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकैचरणमा हुने बताएकी छन् । केही दिनअघि हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताएकी प्रधानमन्त्रीले बिहीबार मतपत्र छापाइकाबारेमा जानकारी लिन जनक शिक्षा सामग्री केन्द्र भक्तपुर पुगेकी उनले निर्वाचन एकै चरणमा हुने बताएकी हुन् ।
उनले भनिन्, ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । एकैदिन निर्वाचन हुन्छ, दुईचोटी हुनेवाला छैन।’ उनले सुरक्षा मजवुद रहेकाले ढुक्कसँग मतदाताले मतदान गर्न पाउने बताइन् ।

प्रतिक्रिया