सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन मन्त्रिपरिषदको स्वीकृति


काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।