काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी अब्बल सरकार निर्माण गरेर देशको समग्र विकास गर्न तथा देशको आन्तरिक सबलता एवं बाह्य सम्मानलाई समेत अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णय अनुसार समिति गठन गरेको पार्टीले जनाएको छ ।
उपसभापति अर्याल संयोजक रहेको समितिमा सदस्य सचिव शंकर श्रेष्ठ छन्। सात प्रदेशमा पनि संयोजक तोकेको छ। निर्वाचनको कामलाई व्यवस्थित गर्नको लागि ३ विशेष उपसमिति समेत गठन गरेको छ ।
जसमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक सम्न्वय उपसमिति र सञ्चार समन्वय समिति गठन गरेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया