चुनावी अभियानका लागि कांग्रेस सभापति थापा सर्लाहीमा


मलंगवा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही आएका छन् । काठमाडौंबाट सिमरा हुँदै सभापति थापा सोमबार दिउँसो सर्लाही आएका हुन् ।

सर्लाही आएका उनलाई ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले भव्य स्वागत गरेका थिए । यसअघि आफू आउन नभ्याएपछि उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।

सर्लाही–४ मा कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह, एमालेका अभनिशकुमार यादव, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रजनीस राय, जनमत पार्टीका राकेशकुमार मिश्रलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।