काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही जानुअघि सोमबार काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् ।
सामाजिक संजालमार्फत भिडियो सन्देशमार्फत सभापति थापाले काठमाडौँ क्षेत्र नं. ४ का मतादातालाई धन्यवाद दिँदै माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको बताएका हुन् । उनले यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहने उल्लेख गरेका छन् ।
उनले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । उनले सर्लाही जानुको कारण मधेसलाई काठमाडौँसँग जोड्नु रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म मधेसका कथा, व्यथा र पीडा सुनेर काठमाडौँ ल्याएर सुनाउन चाहन्छु र काठमाडौँको कथा मधेसमा सुनाउन चाहन्छु । मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तीव्र इच्छा भयो र आवश्यक पनि थियो ।’
उनले मधेससँगको माटो ढोग्नुपर्छ, आशिर्वाद लिनुपर्छ भनेरै सर्लाही गएको बताए । उनले आफू उत्तेजनाको राजनीति नगर्ने बताए ।

प्रतिक्रिया