ओलीसँग बहस गर्न तयार भएनन् बालेन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बहस गर्न अस्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले बहसका लागि तयार रहेको बताएपछि बालेनले बहसका लागि अस्वीकार गरेका हुन् ।

बालेनले ओलीको पोष्टमा कमेन्ट गर्दै लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’