काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले दलहरुको घोषणापत्र नेदेखिएको भन्दै कटाक्ष गरेकी छन् । मत माग्न उम्मेदवारहरु गाउँ पसेपनि घोषणापत्र नेदेखिएको भन्दै कटाक्ष गरेकी हुन् । उनले भनेकी छन्, ‘यो निर्वाचनदेखि त घोषणापत्रको संस्कार नै लोप हुन्छ कि क्या हो? मत माग्न सुरु भैसक्यो, घोषणा–पत्र चाहिँ अझै देख्न पाइएन त। कि उम्मेदवारहरू हावा जता त्यतै उड्ने हो ? भोट दिनुअघि सोधौँ, आगामी ५ वर्षको स्पष्ट योजना के हो ?’
उनले नीति, नियम, सुशासन र जनताको जीवन बदल्ने स्पष्ट मार्गचित्र आए मात्र भोट दिनेबारे सोच्नुपर्ने बताएकी छन् ।
उनले भनेकी छन्, ‘भ्यु टावर, रेल जस्ता सतही र ध्यान भड्काउने कुरा गरे “भोट इस्स” भन्नु। नीति, नियम, सुशासन र जनताको जीवन बदल्ने स्पष्ट मार्गचित्र आए मात्र भोट दिने सोच्नु । स्पष्ट मार्गचित्र बिना भोट हाल्ने दिन अब सकिनुपर्छ। किनकी हामीले चुनेका शासकबाट फेरि गोली खान नपरोस् भन्ने जिम्मेवारी हाम्रो पनि हो।’

प्रतिक्रिया