काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नम्बर १ बाट चौधरीको उम्मेदवारी दर्ता भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले चौधरीको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिएकाले खारेज गर्ने निर्णय गरेको हो । टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए ।
तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । २०७९ को चुनावमा पनि रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए । त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए ।

प्रतिक्रिया