काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुकोे उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।
विशेष महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले यसअघि पार्टी कार्यालय बाहिर बैठक राख्दै आएका थिए । शुक्रबार नयाँ कार्यसमितिले पार्टी कार्यालयमा बैठक बोलाइएको हो । भोलिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया