परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरु समुन्नत देश निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सामाजिक संजालमार्फत सभापति थापाले परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।’
काठमाडौँ क्षेत्र नम्बर चार बाट निर्वाचन जित्दै आएका सभापति थापाले यस पटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

विशेष महाधिवेशनमार्फत सभापति बनेका थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याएर देशलाई समुन्नत बनाउने वाचा गर्दै आएका छन् ।