-केशव दाहाल ।
पूर्वमा छु र फेरि दमककै कुरा लेख्दै छु, कुरा के भने हिजो झापामा बालेनको पूरा दिन खराब रह्यो। कमजोर व्यवस्थापन, उग्र समर्थक, बात–बातमा रिसाएका उनी, न त सम्बोधन न भलाकुसरी । मानौँ उनले बोल्नुपर्ने, मुस्कुराउनुपर्ने र दुःखसुख बुझ्नुपर्ने त्यहाँ कोही छैनन्, छन् त फगत उनलाई भोट हाल्न अभिशप्त रैतीहरू, जसको काम नै हो उनको जयजयकार गर्ने। हिजो बालेनमा नेता कम, हिरोपन्थी वा सेलिब्रेटी फिलिङ ज्यादा देखिन्थ्यो, जो राजनीतिको सबैभन्दा खतरनाक रोग हो।
तुलनात्मक रूपमा, श्रम संस्कृति पार्टी र नेकपाका युवा उम्मेदवारलाई हिजो दमकमा धेरैले शान्त, सरल र प्रतिबद्ध देखे । आफ्नो गृहनगर आएकोले हुनुपर्छ, हिजो ओली भने निकै प्रफुल्ल देखिन्थे । उनी कम बोल्दै थिए र ज्यादा सुन्दै थिए। जेनजी विद्रोहपछिको पहिलो भेटघाट भएर पनि हुनुपर्छ, कतैकतै उनीप्रति मान्छेको निकै भावुक लगाव पनि देखिन्थ्यो। र अधिक मान्छे उनले धेरै काम गरेको सुनाउँदै, उल्टो केपीलाई नै आश्वस्त बनाउँदै थिए। तर, नयाँ पुस्ता भने उनीप्रति सकारात्मक देखिँदैन थियो।
हिजो दमकमा मैले जे देखेँ, कुरा यही हो। अब राजनीति गर्ने कि मलाई गाली गर्ने, त्यो चाहिँ यहाँको मर्जी।

प्रतिक्रिया