विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार अपराह्न कार्यकर्ताको ठूलो सहभागितासहित निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित कोइरालाले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए । यसपटक मोरङ–६ मा कोइरालासँग एमालेका विनोद ढकालबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया