चितवन-३ मा रेनु दाहालको उम्मेदवारी दर्ता


चितवन । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की रेनु दाहालले उमेदवारी दर्ता गराएकी छन् ।

मंगलबार बिहान मात्र भरतपुरको मेयरबाट राजीनामा दिएर रेनुले दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् ।दुई कार्यकालसम्म उनी भरतपुर महानगरपालिकाको मेयर थिइन् ।