काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर फिर्ता लिन लागेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् ।
केही संचारमाध्यमले मुद्दा फिर्ता लिने सहमति भएको भन्दै समाचार सम्प्रेषण गरेको भन्दै खड्काले त्यसमा सत्यता नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस्ः– २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयकाविरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु । यो सम्वेदनशील बिषयमा मसँग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सबै संचारमाध्यमका साथीहरूलाई विशेष आग्रह समेत गर्दछु।’

प्रतिक्रिया